नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
काठमाडाैं | भदौ १३, २०७९
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन सय ८७ दशमलव ४६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २२ कम्पनीको ३४ लाख ४० हजार नौ सय कित्ता शेयर रु एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० मा कारोबार भयो ।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ शून्य दशमलव १५, लघुवित्त तीन दशमलव ९८, सामूहिक लगानी कोष शून्य दशमलव १६ र लगानी शून्य दशमलव ३८ अङ्कले ओरालो लाग्यो ।
यस्तै, व्यापार १७ दशमलव १४, होटल तथा पर्यटन ३५ दशमलव ३८, विकास बैंक २८ दशमलव १३, जलविद्युत् छ दशमलव ९२, वित्त ३१ दशमलव, निर्जीवन बीमा सात दशमलव शून्य नौ, उत्पादन ४० दशमलव ५५, अन्य छ दशमलव ९३ र जीवन बीमा ४३ दशमलव १२ अङ्कले उकालो लागेको छ ।
नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५६ अर्ब ७७ करोड ७९ लाख ५९ हजार ४३ बराबर रहेको छ । सोमबारको कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड २५ लाख ७६ हजार सात सय ७८ बराबरको कारोबार भयो ।
यस्तै, अरुण काबेली पावर रु पाँच करोड ५५ हजार एक सय आठ, हिमालयन डिस्टिलरी रु चार करोड दुई लाख ४९ हजार एक सय ९२, शिवम् सिमेन्ट रु तीन करोड ५८ लाख चार हजार सात सय र रिडी हाइड्रोपावर रु तीन करोड ५४ लाख ६० हजार छ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचमा रहेका छन् ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त सात दशमलव ४८, रिलायन्स फाइनान्स छ दशमलव ६४, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ८४, सिभिल लघुवित्त चार दशमलव ९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाए ।
त्यस्तै, रुरु जलविद्युत् परियोजना पाँच दशमलव ७०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ७३, एनआइबिएल प्रगति फण्ड तीन दशमलव ६९, नबिल ब्यालेन्स फण्ड तेस्रो तीन दशमलव शून्य दुई र सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

